काठमाडौँ  / नेकपा एमालेका उपाध्यक्ष भीम रावलले १० औं राष्‍ट्रिय महाधिवेशनमा अध्यक्ष पदमा उम्मेदवारी घोषणा गरेका छन् । 

रावलले आइतबार राजधानीमा पत्रकार सम्मेलन गर्दै एमालेको अध्यक्ष पदमा उम्मेदवारी घोषणा गरेको रावलका सहयोगी गोविन्द दुलालले जानकारी दिए । 

रावल एमालेमा फरक विचार राख्ने नेता हुन् । रावलको उम्मेदवारीलाई महत्वका साथ हेरिएको छ। एमाले महाधिवेशन मंसिर १० देखि १२ गतेसम्म चितवनमा हुँदैछ ।