काठमाडौं / १० औं महाधिवेशनको तयारीमा व्यस्त रहेको नेकपा एमालेको स्थायी कमिटी बैठक आज बस्दै छ ।
बैठक दिउँसो ३ बजे ललितपुरको च्यासलस्थित तुलसीलाल प्रतिष्ठानमा बस्न लागेको एमाले केन्द्रीय कार्यालयका सचिव शेरबहादुर तामाङले जानकारी दिए ।
महाधिवेशन तयारीका विषय र पाँच प्रतिशत महाधिवेशन प्रतिनिधि मनोनित हुने विषयमा छलफल हुने बैठकको एजेण्डा रहेको उनले बताए ।
यही मंसिर १० गतेदेखि १२ गतेसम्म चितवनमा आयोजना हुने एमालेको १० औं राष्ट्रिय महाधिवेशनमा २ हजार बढी प्रतिनिधिहरू सहभागी हुँदैछन् ।