काठमाडौँ / बारको आन्दोलनलाई निस्तेज बनाउन र न्यायालयको सुरक्षाका लागि भन्दै खटाइएका दंगा प्रहरीलाई सर्वोच्च अदालत परिसरबाट हटाइएको छ ।
एसएलआर जस्ता अत्याधुनिक हतिायर सहित सुरक्षाकर्मी खटाइएको भन्दै कानुन व्यवसायिहरूले विरोध गरेपछि दंगा प्रहरीलाई सर्वोच्च अदालत परिसरबाट हटाइएको हो ।
प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको राजीनामा माग्दै सोमबार पनि नेपाल बार एसोसिएसनले आफ्नो आन्दोलन जारी राखेको छ ।
कानुन व्यवसायीहरूले गत कात्तिक १४ गते देखि कार्यपालिकासँग मिलेर राजनीतिक भागबन्डा खोजेको लगायतका आरोप लगाउँदै जबराको राजीनामा मागेर आन्दोलन गरिरहेका छन् ।