काठमाडौँ / नेपाल बार एसोसिएसनले सोमबार सभामुख अग्नि सापकोटालाई ज्ञापनपत्र बुझाएको छ ।
प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरालाई महाभियोग लगाउन र सर्वोच्च अदालतमा जारी आन्दोलन तथा न्यायालय सुदृढीकरणको माग गर्दै बारले ज्ञापनपत्र बुझाएको हो ।
बारका महासचिव अधिवक्ता लीलामणि पौडेलले आज सोमबार सिंहदरबारमा सभामुख अग्निप्रसाद सापकोटा सहित संसदीय दलका नेताहरूलाई भेटेर ज्ञापनपत्र बुझाएको बारका अध्यक्ष चण्डेश्वर श्रेष्ठले जानकारी दिए ।
प्रधानन्यायाधीश जबराको राजीनामा माग गर्दै नेपाल बार एशोसिएसनले झण्डै एक महिनादेखि सर्वोच्च अदालत परिसरमा धर्ना र प्रदर्शन गर्दै आएको छ ।
तर आफूहरूको पहलले मात्र जबराले राजीनामा नदिएको भन्दै बारले संसद्को सहयोग खोजेको हो ।