काठमाडौं / प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) को आज बस्ने भनिएको स्थायी कमिटी बैठक स्थगित भएको छ । 

बैठक भोली (मंगलबार) विहान ११ बजे बस्ने एमाले पार्टी कार्यालय सचिव शेरबहादुर तामाङले जानकारी दिए । 

बैठकमा दशौँ महाधिवेशनका लागि केन्द्रीय कमिटी बैठकले विधानअनुसार मनोनित गर्न पाउने ५ प्रतिशत महाधिवेशन प्रतिनिधि मनोनित गर्ने कार्यालय सचिव तामाङले बताए ।

आज पार्टीका शीर्ष नेताहरू व्यस्त रहेका कारण तयारी नपुगेको भन्दै बैठक भोलिका लागि सारिएको तामाङले बताए ।

भोलि बस्ने बैठकमा चितवनमा मंसिर १० देखि १२ गतेसम्म हुन गइरहेको दशौँ महाधिवेशनको तयारीका बारेमा समीक्षा गर्ने तथा व्यवस्थापकीय कामलाई चुस्त बनाउनेबारेमा थप छलफल हुने बताइएको छ ।