काठमाडौं / नेपाल कम्युनिस्ट पार्टी (एमाले)को स्थायी कमिटीको बैठक आज (मंगलबार) बस्दै छ । बैठक बिहान ११ बजे ललितपुरको च्यासलस्थित तुलसीलाल प्रतिष्ठानमा बस्न लागेको हो ।
सोमबार बोलाइएको बैठक तयारी नपुगेको भन्दै मङ्गलबारका लागि सारिएको थियो ।
महाधिवेशन प्रतिनिधि मनोनित गर्ने विषयमा छलफल गर्न र पाँच प्रतिशत महाधिवेशन प्रतिनिधि मनोनित गर्ने विषयमा बैठकमा छलफल हुने एमाले केन्द्रीय कार्यालयका सचिव शेरबहादुर तामाङले जानकारी दिए ।
यही मंसिर १० गतेदेखि १२ गतेसम्म चितवनमा आयोजित एमालेको १० औं राष्ट्रिय महाधिवेशनमा २ हजार महाधिवेशन प्रतिनिधि सहभागी हुँदैछन् ।
एमालेले १९०० बढी महाधिवेशन प्रतिनिधि चयन गरिसकेको छ । आजको बैठकमा केन्द्रले मनोनित गर्ने ९६ जना सदस्यहरुबारे छलफल हुनेछ ।