झापा / नेपाली कांग्रेसको १४ औँ महाधिवेशन अन्तर्गत झापाका ५ वटै निर्वाचन क्षेत्रको मतपरिणाम सार्वजनिक भएको छ ।
सोमबार सम्पन्न निर्वाचनको पछिल्लो मतपरिणाम अनुसार निर्वाचन क्षेत्र नं १ मा इन्द्रबहादुर बुढाथोकी विजयी भएका छन् ।
उनले आफ्ना प्रतिस्पर्धी गोपाल तामाङलाई पछि पार्दै जित हासिल गरेका हुन् । क्षेत्र नं २ मा खगेन्द्र मैनाली निर्वाचित भएका छन् । क्षेत्र नं ३ मा गणेश पोखरेल निर्वाचित भए । पोखरेलले आफ्ना प्रतिस्पर्धी राजेन्द्र घिमिरेलाई पराजित गर्दै सभापति बनेका हुन् ।
क्षेत्र नं ४ मा जयनारायण शाह निर्वाचित भए । शाहले आफ्ना प्रतिस्पर्धी नारायणप्रसाद बजगाईँलाई पराजित गरे । क्षेत्र नं ५ मा ढुण्डीराज भण्डारी निर्वाचित बनेका छन् । भण्डारीले रोशनकुमार गौतमलाई पराजित गरे ।
कुन निर्वाचन क्षेत्रबाट को–को निर्वाचित ?
झापा क्षेत्र नं १ बाट सभापतिमा ईन्द्रबहादुर बुढाथोकी, सचिवमा गुणराज भट्टराई र सुरेन्द्र बुढाथोकी, सहसचिवमा खगेन्द्रबहादुर गिरी र दीपक काफ्ले निर्वाचित भएको निर्वाचन समितिले जनाएको छ ।
महाधिवेशन प्रतिनिधिमा २५ जना निर्वाचित भएका छन् । महाधिवेशन प्रतिनिधिमा अशोककुमार पोखरेल, केशवराज पाण्डे, तारावीर कटुवाल, पङ्कजविक्रम नेम्बाङ ,पुष्पराज पौडेल, प्रेम सम्बाहाम्फे, मणिकुमार उप्रेती, रामबहादुर कट्टेल निर्वाचित भएको सहायक निर्वाचन अधिकृत ज्ञानेन्द्र निरौलाले जानकारी दिए ।
यस्तै विमल आचार्य, लोकराज ढकाल, दुर्गादेवी खतिवडा, उषा गुरुङ, गोमा भट्टराई, चन्द्रकला भट्टराई, तेजप्रसाद चौलागार्इं (तेजु), रोहितकुमार बुढाथोकी, टीका सुवेदी बराल, सुशीला रिजाल, खड्गबहादुर धिमाल, बालाजित राई निर्वाचित भएका छन् । त्यसैगरी डम्बरकुमारी थापा मगर, शोभा श्रेष्ठ, पोषककुमार दर्जी, गौतम मजुमदार (विकी), र कालु मेचे निर्वाचित भएका हुन् ।
महाधिवेशन प्रतिनिधिमा उर्मिलाकुमारी गौतम, तारादेवी बाराकोटी, लता कार्की र शर्मिला अधिकारी, टीकाराज ढकाल, कृष्णप्रसाद प्रसाईँ, खड्गप्रसाद राजवंशी, डम्बरसिंह सिगु, मनोज सुब्बा गौरव तथा ओमप्रकाश सरावगी विजयी भए ।
त्यसैगरी जगतबहादुर बस्नेत, दयानन्द गोश्वामी, नवीन बिमली, विजय रिजाल, भगीरथ पोद्धार, भूमिप्रसाद राजवंशी, मोहन महर्जन, रामप्रसाद दुलाल, श्यामप्रसाद सिटौला र सीताराम खड्का महाधिवेशन प्रतिनिधि निर्वाचित भए ।
सहसचिवमा इन्द्रप्रसाद प्रसाईं र कोषराज गड्तौला निर्वाचित भए । त्यस्तै सदस्य खुल्लातर्फ नरेन्द्र बस्नेत, कृष्णप्रसाद कार्की, दुर्गाप्रसाद भट्टराई, सलबहादुर लिम्बू, गणेशबहादुर राई, पशुपतिनाथ दाहाल र पदमबहादुर रिमाल निर्वाचित बने ।
केन्द्रीय महाधिवेशन प्रतिनिधिमा जिल्ला सभापतिका उम्मेद्वार देउकुमार थेबे सर्वाधिक मत ल्याएर विजयी भए । त्यस्तै कात्तिकलाल राजवंशी पर्शुराम ढुङ्गाना, उत्तमबहादुर चौलागाई खत्री, किरण भट्टराई, उत्तम शर्मा सुवेदी, भक्तिप्रसाद सिटौला, सीताराम भट्टराई, एकराज उप्रेती र सन्तोषकुमार मेन्याङवो विजयी भए ।
कविता घिमिरे बस्नेत, शान्ता बस्नेत, अञ्जुदेवी थपलिया, देवीकुमारी ओली, गीता सिटौला, धनमाया चिमरिया, खड्गबहादुर कार्की, चन्द्रमणि नेपाल, मचिन्द्र शेर्मा, भीमप्रसाद राजवंशी, सुमनकुमार गुप्ता र उजाल अली महाधिवेशन प्रतिनिधि निर्वाचित भए ।
खुल्लातर्फ १० जना केन्द्रीय महाधिवेशन प्रतिनिधिमा हुकुमसिंह राई, डा खगेन्द्र पाण्डव अधिकारी, रोहितकुमार साह, हेमन्त कार्की, सुरेश सुब्बा, राजनबहादुर ढुङ्गाना, मेदनीप्रसाद सिटौला, अनिलकृष्ण प्रसाईं, भुपालराज कटुवाल र टीकाराज सापकोटा निर्वाचित भएका छन् ।
खुल्ला महिलातर्फ महेन्द्रकुमारी लिम्बू, रेगिना भट्टराई प्रसाईं, लक्ष्मी बाराकोटी र तुलसा पन्त विजयी भए भने आदिवासी जनजाति समूह (पुरुषतर्फ) अइन्द्र विक्रम केरुङ र भूमिराज राई विजयी भए । आदिवासी महिलामा रमा लिम्बू र फुलवती राजवंशी महाधिवेशन प्रतिनिधि निर्वाचित भएका छन् ।
त्यसैगरी खस आर्य पुरुषतर्फ विक्रम अधिकारी र डा नेत्र बुढाथोकी विजयी भए । खस आर्य महिलातर्फ मन्दरा चिमरिया पौडेल र चन्द्राकुमारी खडका निर्वाचित भए । मधेसी कोटामा सत्यनारायण चौधरी र अल्पसङ्ख्यकमा नीरज अग्रवाल निर्वाचित भए ।