जनकपुरधाम / नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले एमालेको चुनाव चिह्न सूर्यमा ग्रहण लागिसकेको बताएका छन् ।
बुधबार जनकपुरधाममा प्रदेश पार्टी कार्यालय उद्घाटन गर्दै अध्यक्ष नेपालले एमालेको चुनाव चिह्न सूर्यमा ग्रहण लागिसकेको टिप्पणी गरेका हुन् ।
“ओलीले सूर्यको धाक नदेखाए हुन्छ । सूर्यमा ग्रहण लागिसकेको छ,” उनले भने, “अब कलम चम्किरहेको छ ।”
एमाले अध्यक्ष केपी शर्मा ओलीकै कारण सूर्यमा ग्रहण लागेको उनको बताए । नेकपा (एकीकृत समाजवादी)मा जनताको आकर्षण देखेर ओली आत्तिएको उनको भनाइ छ ।
“नेकपा समाजवादीमा किसान, मजदुर, युवाको आकर्षण देखेर ओलीलाई छटपटाहट भइरहेको छ,” उनले भने, “आगामी चुनावसम्म उनको हालत विचरा जस्तो हुन्छ ।”