पाँचथर / नेपाली कांग्रेसको १४ औं महाधिवेशनमा पाँचथर जिल्लाको सभापतिमा रूपनारायण जबेगु निर्वाचित भएका छन् ।
जबेगुले आफ्ना प्रतिस्पर्धी सुरेन्द्र कुमार दाहाललाई दुई सय १८ मतान्तरले पराजित गर्दै जिल्ला सभापतिमा निर्वाचित भएका हुन् ।
मंगलबार राति सार्वजनिक भएको जिल्ला अधिवेशनको मतपरिणाम अनुसार जबेगुले ६३४ मत पाएका छन् भने दाहालले ४१६ मत पाएका छन् ।
उनी यस अगाडि कार्यसमिति सचिव थिए । कांग्रेसको संस्थापन समूहका उनी कांग्रेस युवा पुस्ताका लोकप्रिय छन् ।
यस्तै जिल्ला कार्यसमितिको उपसभापतिमा डिकेन्द्र चेम्जोङ ४५१ मत र वृजहाङ आङदेम्बेले ६२५ मत ल्याएर निर्वाचित भएका छन् ।
त्यस्तै दुई सचिवमा डेकेन्द्र तामाङ ४७० मत र दीपक नेपाल ५२७ मत ल्याएर विजय भएका छन् ।
सहसचिवमा गजेन्द्र राई र सन्तोष श्रेष्ठ निर्वाचित भएको नेपाली कांग्रेसका निवर्तमान सभापति नरेन्द्र कुमार केरुङले बताए ।