विराटनगर / नेकपा (एमाले) की नेता बालिका खड्काले एमाले अध्यक्ष केपी शर्मा ओलीसहित पार्टीका नेताहरूलाई तथानाम गाली गरेकी छिन् ।
प्रदेश १ का पूर्वमुख्यमन्त्री शेरधन राईलाई आफू माथि यौन दुर्व्यवहार गरेको आरोप लगाउदै आएकी खड्काले एमालेले आफ्नो सङ्गठित सदस्य नवीकरण नगरेको भन्दै अध्यक्ष ओलीसहित पार्टीका सबै नेताहरूलाई तथानाम गाली गरेकी हुन् ।
आफ्नो सङ्गठित सदस्यता नवीकरण नभएको भन्दै बालिकाले राई विरुद्ध अपशब्द प्रयोग गर्दै दुई दिनको अवधिमा सामाजिक सञ्जाल फेसबुकमा एक दर्जन भन्दा वढी स्टाटस लेखेकी छिन् ।
‘गु धने र... को छोराले गर्दा मेरो सङ्गठित सदस्यता रिन्यु भएन। मेरो भविष्य माथि चलखेल गर्यो।’ उनले फेसबुकमा लेखेकी छिन, – ‘गु धनेसँग बिहे गर्दिनू भनेर केपीको दैलो धाईन की ? राष्ट्रपतिको दैलो धाइन की ? पार्टीको दैलो धाईन की ? गु धनेको मुख्यमन्त्री कार्यलय/घर सबै, अदालत धाईन की ?’
बलात्कार खपेर बस्दा पनि राजनीतिमा अगाडि जान नदिएको भन्दै उनले एमालेका नेताहरुलाई धुन्धुकारीको संज्ञा दिएकी छिन् ।
उनले भनेकी छिन, – ‘एमालेका धुन्धुकारिहरु खान्छन, बस्छन् डकारछन छि। कार्यकर्ता भेट्न् जादा हकार्छन। संगठित सदस्यता रिन्यु गर्दीएनन धुन्धुकारिहरुले ।’
खड्काले सामाजिक संजालबाटै ओलीका पिए इन्द्र भण्डारी र पत्रकार ऋषि धमला प्रति आक्रोश पोखेकी छिन् ।
उनले आफूलाई कही कतै दुर्घटना भएमा ओलीका पिए इन्द्र भण्डारी र शेरधनलाई पक्रन आग्रह समेत गरेकी छिन् ।
पत्रकार ऋषी धमलाले शेरधनको मात्र अन्तर्वाता लिएको भन्दै खड्काले धमलाले समेत आफूमाथि अन्याय गरेको बताएकी छिन् ।