झापा / नेपाली कांग्रेसको १४ औ महाअधिवेशन अन्तर्गत हुन लागेको झापा जिल्लाको अधिवेशनका लागि देउकुमार थेबेले प्यानलसहितको उम्मेद्वारी घोषणा गरेका छन् ।
थेबे नेतृत्वको प्यानले बुधबार बिर्तामोडमा पत्रकार भेटघाटमार्फत उम्मेद्वारी घोषणा गरेको हो ।
मंसिर १० गते हुने निर्वाचनका लागि थेवे प्यानलको उपसभापतिमा शेरबहादुर भट्टराई र केशवराज पाण्डे, सचिब कृष्ण हुमागाई र नबिन बिमली र सह–सचिवमा कालेन्द्र राजवंशी र कमल भण्डारीले उम्मेद्वारी घोषणा गरेका छन् ।
अन्य पदाधिकारीको भूगोलको आधारमा सन्तुलन मिलाइने जनाइएको छ ।