विराटनगर / कांग्रेस नेता एवं राष्ट्रिय भूमि आयोगका अध्यक्ष केशव निरौला जारी अधिवेशनका क्रममा महाधिवेशन प्रतिनिधिमा नै पराजित भएका छन् । अध्यक्ष निरौला मोरङको क्षेत्र नम्बर ३ बाट महाधिवेशन प्रतिनिधिमा पराजित बनेका हुन् ।
निरौलासँगै सांसद शेखरचन्द्र थापा र बिन्दीया कार्की पनि महाधिवेशन प्रतिनिधिमा मोरङमा नै पराजित भएका छन् । सांसद थापा मोरङको क्षेत्र नम्बर क्षेत्र नं. ३ र कार्की मोरङको क्षेत्र नं. ६ मा पराजित भएका हुन् ।
अध्यक्ष निरौला र सांसद द्वय पराजित हुँदा विवादास्पद छविका स्वास्थ्य उद्यमी सुनिल शर्मा भने मोरङ ३ बाट निर्वाचित बनेका छन् ।