बिर्तामोड / नेपाली कांग्रेसका उपसभापति बिमलेन्द्र निधीले सभापतिमा उम्मेदवारी घोषणा गरेका छन् । निधिले बिहीबार पत्रकार सम्मेलन गरी आसन्न १४ औँ महाधिवेशनमा सभापतिमा उम्मेदवारी घोषणा गरेका हुन् ।

उम्मेदवारी घोषणा गर्दै निधिले आफूले ‘लोकतन्त्र प्राप्तिका लागि सङ्घर्षपूर्ण कठिन दिनमा जेलनेल भोगेको र आफू योग्य भएको समेत दावी गरेका छन् ।

निधि सँगै पार्टी सभापतिका लागि औपचारिक घोषणा गर्ने नेताको संख्या दुई पुगेको छ । यसअघि कांग्रेस नेता कल्याण गुरुङले उम्मेद्वारी घोषणा गरेका थिए । कांग्रेस नेता प्रकाशमान सिंह , रामचन्द्र पौडेल , शसांक कोइराला , डा. शेखर कोइराला र शेर बहादुर देउवा पनि सभापतिका आकांक्षी हुन् ।