काठमाडौं / सर्वोच्च अदालतमा मंसिर १५ गतेदेखि गोला प्रक्रियाबाट इजलास तोकिने भएको छ । बिहीबार (आज) बसेको फुल कोर्ट बैठकले सर्वोच्च अदालत दोस्रो संशोधित नियमावलीको प्रावधान अनुसार मंसिर १५ गतेबाट गोला प्रक्रियाबाट इजलास तोक्ने समय निर्धारण गरेको हो ।

प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको अनुपस्थितिमा सर्वोच्चका १८ न्यायाधीशको बैठकले त्यस्तो निर्णय गरेको हो । निर्णयमा प्रधानन्यायाधीश जबराले पनि हस्ताक्षर गर्ने बताइएको छ ।

पछिल्लो निर्णय सँगै सर्वोच्चका न्यायाधीश आगामी बुधबारदेखि इजलासमा बस्ने भएका छन् । यसअघि प्रधानन्यायाधीशको तजबिजमा इजलास तोकिँदै आएको थियो ।