बिर्तामोड / नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत अहिलेसम्म ३० जिल्लाको परिणाम सार्वजनिक भएको छ ।

सार्वजनिक पछिल्लो परिणाम अनुसार जिल्ला सभापतिमा देउवा पक्ष बलियो देखिएको छ । एकमात्र निर्वाचन क्षेत्र रहेका ३५ जिल्लामध्ये हालसम्म ३० जिल्लाको परिणाममा देउवा पक्ष बलियो देखिएको हो ।

सभापति शेरबहादुर देउवा पक्षधर १६ जना र पौडेल पक्षका १४ जना जिल्ला सभापतिमा चयन भएका छन् । कांग्रेसको १४ औं महाधिवेशन मंसिर २४ देखि २७ गतेसम्म हुने कार्यतालिका रहेको छ ।

देउवानिकट सभापति

ताप्लेजुङ – गजेन्द्र तुम्याहाङ
रामेछाप – कान्छाराम तामाङ
मुगु – ऐनबहादुर शाही
म्याग्दी – खमबीर गर्बुजा
डोटी – नरेन्द्रबहादुर सिंह
डोल्पा– दीपेन्द्रबहादुर शाही
जुम्ला – कर्णबहादुर शाही
जाजरकोट – बेदराज सिंह
ओखलढुंगा– तेजेन्द्र खनाल
लमजुङ – टकराज गुरुङ
डडेलधुरा – भीमबहादुर साउद
पाँचथर – रुपनारायण जवेगु
सल्यान – केसबहादुर बिष्ट
मनाङ – शंकर गुरुङ
बझाङ – खडक बोहरा
हुम्ला – मोहनविक्रम सिंह

पौडेल समूहनिकट सभापति

प्यूठान – विष्णुकुमार गिरी
कालीकोट – अम्मबहादुर शाही
बाजुरा – रामसिंह रावल
अर्घाखाँची – केशव श्रेष्ठ
बैतडी – चतुरबहादुर चन्द
रुकुमपूर्व – केशरमान रोका
रोल्पा –किशोर आचार्य
रुकुम पश्चिम– प्रेमप्रकाश वली
तेह्रथुम–अर्जुनबहादुर तुम्बाहाङ्फे
भोजपुर – विनोद बान्तावा
मुस्ताङ – रोमी गौचन थकाली
संखुवासभा – दीपक खड्का
गोरखा – नन्दप्रसाद न्यौपाने
दोलखा – बर्मा लामा