कैलाली / नेपाली काँग्रेस दार्चुलाको १४ औँ महाधिवेशनका लागि भएको निर्वाचनपछि मतगणनामा झडप भएको छ ।
दार्चुला जिल्ला कार्यसमिति निर्वाचनको मतगणनास्थलमा सभापतिका उम्मेदवार ललितसिंह बोहरा र अमरसिंह धामी पक्षबीच झडप भएको हो ।
झडपमा राजेन्द्र बिष्ट, सुरेश बिष्ट, वसन्त बहादुर साउँदलगायत घाइते भएका छन् । घाइते सबै धामी पक्षका कार्यकर्ताहरू रहेको बताइएको छ । घाइतेहरूको जिल्ला अस्पताल दार्चुलामा उपचार भइरहेको छ।
नेपाली काँग्रेस दार्चुलाको कार्यसमिति र महाधिवेशन प्रतिनिधिका लागि सहमतिको प्रयास सफल नभएपछि बिहीबार मतदान भएको थियो।