चितवन \ चितवनमा कांग्रेसको जिल्ला अधिवेशन केही समयका लागि स्थगित भएको छ ।
प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले चितवनमा राष्ट्रिय महाअधिवेसन गरे पछि कांग्रेस जिल्ला अधिवेशन स्थगित भएको हो ।
काङ्ग्रेस चितवनको जिल्ला अधिवेशन उद्घाटन गर्ने दिननै एमालेको महाधिवेशन उद्घाटन गर्नै दिन परेका कारण काङ्ग्रेस जिल्ला अधिवेशन स्थगित गरिएको बताइएको छ ।
एमाले महाधिवेशनका कारण यातायात व्यवस्था अस्तव्यस्त भएको र मतदातालाई राख्न समेत समस्या देखिए पछि काङ्ग्रेस जिल्ला अधिवेशन स्थगित भएको जिल्ला निर्वाचन अधिकृत कमलमोहन पोख्रेलले बताए ।
काङ्ग्रेस अधिवेशनको अर्को मिति भने तय भई सकेको छैन ।