काठमाडौँ / नेपाली कांग्रेसको १४औँ अधिवेशन अन्तर्गत ३३ जिल्लाको अधिवेशनको मत परिणाम सार्वजनिक भएको छ।

१४ हिमाली जिल्लाको अधिवेशन यसअघि नै भइसकेको थियो भने दोस्रो चरणमा १९ जिल्लाको अधिवेशन भरखरै भएको हो । 

३३ जिल्लाको परिणाम आउँदा वरिष्ठ नेता रामचन्द्र पौडेल गुट बलियो देखिएको छ। पौडेल गुटले १७ जिल्ला सभापतिमा जीत हात पारेको छ भने देउवा गुटले १६ जिल्लामा सभापति जितेको छ।

केन्द्रीय निर्वाचन समितिका अनुसार शनिबार बिहानसम्म थप तीन जिल्लाको परिणाम सार्वजनिक भएको हो। जसअनुसार खोटाङमा विष्णु राई, स्याङ्जामा राजु थापा र पाल्पामा हिमालदत्त श्रेष्ठ सभापतिमा निर्वाचित भएका छन्। यी तीनैजना वरिष्ठ नेता पौडेल गुटका हुन्।

देउवा गुटबाट सभापति बन्नेमा डोटीबाट नरेन्द्रबहादुर सिंह, डोल्पाबाट दीपेन्द्रबहादुर शाही, जुम्लाबाट कर्णबहादुर शाही, जाजरकोटबाट बेदराज सिंह, ओखलढुङ्गाबाट तेजेन्द्र खनाल, लमजुङबाट टकराज गुरुङ, डडेलधुराबाट भीमबहादुर साउद, पाँचथरबाट रुपनारायण जवेगु र सल्यानबाट केसबहादुर बिष्ट रहेका छन् । 

त्यस्तै मनाङबाट शंकर गुरुङ, बझाङबाट खडक बोहरा, हुम्लाबाट मोहनविक्रम सिंह, ताप्लेजुङबाट गजेन्द्र तुम्याहाङ, रामेछापबाट कान्छाराम तामाङ, मुगुबाट  ऐनबहादुर शाही र म्याग्दीबाट खमबीर गर्बुजा सभापति बनेका हुन् । 

त्यस्तै पौडेल गुटबाट खोटाङबाट विष्णु राई, पाल्पाबाट हिमालदत्त श्रेष्ठ, स्याङ्जाबाट राजु थापा, रोल्पा – किशोर आचार्य, रुकुम पश्चिमबाट प्रेमप्रकाश वली, तेह्रथुमबाट अर्जुनबहादुर तुम्बाहाङ्फे, भोजपुरबाट विनोद बान्तावा, प्यूठानबाट विष्णुकुमार गिरी, अर्घाखाँचीबाट केशव श्रेष्ठ, बैतडीबाट चतुरबहादुर चन्द, रुकुमपूर्वबाट केशरमान रोका र मुस्ताङबाट रोमी गौचन थकाली सभापतिमा चयन भएका छन् । 

संखुवासभाबाट दीपक खड्का, गोरखाबाट नन्दप्रसाद न्यौपाने, दोलखाबाट बर्मा लामा, कालीकोटबाट अम्मबहादुर शाही र बाजुराबाट रामसिंह रावल सभापतिमा चयन भएका छन् ।