काठमाडौँ / नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले काभ्रेपलाञ्चोकको विकट गाउँको समस्या सरकारसम्म पुर्याउने प्रतिबद्धता व्यक्त गरेका छन् ।
शुक्रबार काभ्रे डाँडापारीका खानीखोला र महाभारत गाउँपालिकामा भएको पार्टीको सम्मेलनलाई सम्बोधन गर्दै प्रचण्डले यस्तो प्रतिबद्धता जनाएका हुन् ।
उनले त्यस भेगका समस्या समाधान गराउन आफू मन्त्रालयसम्म जाने बताए । जिल्ला सदरमुकाम देखिको सडक निर्माण तथा स्तरोन्नति लागि मन्त्रालयमा गएर कुरा गर्ने भन्दै उनले गाउँलेहरूलाई आश्वासन दिएका छन् ।