झापा  / नेपाली कांग्रेसको १४ औँ महाधिवेशन अन्तर्गत झापा अधिवेशनको जिल्ला सभापतिमा राम कट्टेलको अग्रता कायम रहेको छ । 

कट्टेले एक हजार तीन सय २५ मत गणना गर्दा दुई सय ४१ मतको अग्रता कायम गरेका छन् । कट्टेलले सात सय ७६ मत पाएका छन् भने थेबेको पाँच सय ३५ मत छ । 

दुई उपाध्यक्ष पदमा प्रेम सम्वाहाम्फे र केशव राज पाण्डेको अग्रता रहेको छ । सम्वाहाम्फेले सात सय ४८ मत प्राप्त गरेका छन् भने पाण्डेले छ सय १८ मत ल्याएका छन् । 

उपाध्यक्षका अर्का उम्मेद्वार शेर बहादुर भट्टराईले पाँच सय ३४ र शमशेर गिरीले पाँच सय २६ मत हासिल गरेका छन् । 

सचिव पदमा नेकपा माओवादी केन्द्रको कारवाहीमा परेर नेपाली कांग्रेस प्रवेश गरेका विश्वदीप लिङ्देनले सर्वाधिक आठ सय १८ मत पाएका छन् । टोमलाल राजवंशीले छ सय ८४, नविन विमलीले पाँच सय २५ र कृष्ण हुमागाइँले चार सय ४५ मत ल्याएका छन् । 

सहसचिव पदमा पदम लिम्बू सात सय ९५, उमानाथ प्रसाईं छ सय ८०, कालेन्द्र सिंह राजवंशी चार सय ९९ र कमल भण्डारीले चार सय ९० मत प्राप्त गरेका छन् । 

थेवे प्यानलका उपाध्यक्ष पदका उम्मेद्वार केशवराज पाण्डेले मात्र पदमा अग्रता कायम गर्न सफल भएका छन् भने अन्य पदाधिकारीका उम्मेदवारले सन्तोष जनक मत ल्याउन सकेका छैनन् । 

थेवेलाई पूर्व महामन्त्री कृष्ण प्रसाद सिटौला र कट्टेललाई कांग्रेसका प्रवक्ता विश्व प्रकाश शर्माको समर्थन रहेको छ ।