पाँचथर / नेपाली कांग्रेसको १४ औँ महाधिवेशन अन्तर्गत पाँचथर अधिवेशनले १९ वर्षीया किशोरीलाई प्रदेश महाधिवेशन प्रतिनिधिमा चयन गरेको छ ।
कांग्रेसले जिल्लाको हिलिहाङ गाउँपालिका –६ भारपाकी १९ वर्षीया भावना रिजाललाई प्रदेश प्रतिनिधि चयन गरेको हो ।
भावनाले यसैवर्ष नेपाली कांग्रेसको क्रियाशील सदस्यता लिएकी थिइन् । हिलिहाङ गाउँपालिका –६ बाट प्रतिनिधि चुनिएर आए लगत्तै भएको क्षेत्रीय अधिवेशनले उनलाई बहुमत सहित प्रदेश महाधिवेशनका लागि प्रतिनिधि पठाएको हो ।
पाँचथर बहुमुखी क्याम्पस बीएड दोस्रो वर्षमा अध्ययनरत उनी यसअघि पाँचथर क्याम्पसकै बीएड प्रथम वर्ष सङ्कायको सह सचिव थिइन् ।