चितवन / नेकपा एमालेको १० औँ महाधिवेशनको बन्दसत्र सुरु भएको छ । चितवनको सौराहास्थित होटल सेभेन स्टारको बन्द सत्र सुरु भएको हो ।
पार्टी अध्यक्ष केपी ओली हलमा प्रवेश गरेसँगै प्रतिनिधिहरू पनि जान थालेका छन् । बन्दसत्रको उद्घाटन सत्रमा एमाले महाधिवेशनको निमन्त्रणामा नेपाल आएका विदेशी पाहुनाहरूले सम्बोधन गर्ने कार्यक्रम छ ।
त्यस्तै एमाले अध्यक्ष केपी शर्मा ओलीले पनि सम्बोधन गर्दैछन् । महाधिवेशनको बन्दशत्रले एमाले केन्द्रीय कमिटीको बैठकले शुक्रबार साँझ गरेको विधान संशोधनलाई पनि अनुमोदन गर्ने एक नेताले जानकारी दिए ।
बैठकले १०औँ महाधिवेशनबाट निर्वाचित हुने पदाधिकारी र केन्द्रीय सदस्यको संख्या थप गरेको थियो ।