झापा / झापा जिल्ला समन्वय समितिका प्रमुख सोमनाथ पोर्तेलले नेकपा (एमाले) को केन्द्रीय सदस्यमा उम्मेद्वारी दिने घोषणा गरेका छन् ।
पोर्तेलले एमालेको महाधिवेशन स्थल चितवनको सौराहाबाटै दशौँ महाधिवेशनमा केन्द्रीय सदस्यको उम्मेद्वारी घोषणा गरेका हुन् ।
२०५५ सालमा पार्टी सदस्यता लिएका पोर्तेल हाल प्रदेश कमिटी सदस्य र मुक्ति समाज नेपाल प्रदेश नं. १ का संयोजक रहेका छन् ।
नेकपा एमालेबाट झापा जिल्ला समन्वय समिति प्रमुख निर्वाचित भएका उनी एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियुबाट राजनीतिमा प्रवेश गरेका थिए ।