धरान / नेपाली कांग्रेस प्रदेश १ को सभापतिमा राजीव कोइरालाले उम्मेद्वारी घोषणा गरेका छन् ।
प्रदेश १ प्रदेश सभामा संसदीय दलका नेता समेत रहेका कोइरालाले काङ्ग्रेस सुनसरी जिल्ला अधिवेशनको उद्घाटन गर्दै उम्मेद्वार घोषणा गरेका हुन् ।
कांग्रेस प्रदेश १ को अधिवेशन मङ्सिर १६ र १७ गते विराटनगरमा हुँदैछ।