चितवन / एमालेको १० औँ महाधिवेशनमा अध्यक्षमा उम्मेद्वारी घोषणा गरेका भीम रावलले प्रचारप्रसारलाई तीव्रता दिएका छन् । उनी निकट युवा तथा कार्यकर्ताले रावलका प्रचार सामग्री वितरण गरिरहेका छन् ।
रावल आफैले पनि तीव्र रुपमा कार्यकर्तासँग भोट मागिरहेका छन् । उनले आफूले उम्मेद्वारी दिनुपर्ने कारणसहित लेखिएका प्रचार सामग्री वितरण गरिरहेका छन् ।
एमाले अध्यक्ष केपी शर्मा ओलीले एकलौटी रुपमा पदाधिकारी चयन गर्ने तयारी गरिरहेका बेला रावलले प्रचारप्रसार तीव्र पारेका हुन् ।