झापा / नेपाली कांग्रेसको १४ औँ महाधिवेशन अन्तर्गत झापा अधिवेशनको जिल्ला सभापतिमा देउमान थेबे बिजयी भएका छन् ।

थेवेले अर्का प्रतिस्पर्धी राम कट्टेललाई २५० मतान्तरले पराजित गर्दै जिल्ला सभापतिमा बिजयी भएका हुन् । 

थेबेले १७६५ मत प्राप्त गरेका छन् भने कट्टेलले १५१५ मत प्राप्त गरेका छन् । 

उपसभापति पदमा थेबे पक्षका केशवराज पाण्डे र शेरबहादुर भट्टराई बिजयी भएका छन् । मेचीनगर निवासी पाण्डेले १८८९ मत र दमक निवासी भट्टराईले १६७४ मत प्राप्त गरेका छन् ।

उपसभापति पदमा कट्टेल पक्षका प्रेम सम्बाहाम्फे (१४१५ ) र शमशेर गिरीले (१२२१) मत प्राप्त गरेका छन् । 

सचिवमा नवीन बिमली (१८३८) र कृष्ण हुमागाईँ (१६७६) मत पाएर उपविजयी भएका छन् भने विश्वद्वीप लिङ्देन (१४३१) र टोमलाल राजवंशीले (१३२१) मत प्राप्त गरेर उपविजयी बनेका छन् ।

त्यस्तै सहसचिव पदमा कालेन्द्र प्रसाद सिंह राजवंशी (१७६५) र कमल प्रसाद भण्डारीले (१६६०) पाएर बिजयी भएका छन् भने पदम लिम्बू (१३४७)उमाराम प्रसाईँले (१३३७ ) पाएर उपविजयी बनेका छन् ।

थेवेलाई पूर्व महामन्त्री कृष्ण प्रसाद सिटौला र कट्टेललाई कांग्रेसका प्रवक्ता विश्व प्रकाश शर्माको समर्थन रहेको थियो ।