बिर्तामोड / चितवनमा जारी एमालेको महाधिवेशनमा सुरु भएको निर्वाचनमा निर्वाचन आचार संहिता विपरीत निवर्तमान अध्यक्ष केपी शर्मा ओलीले पक्षले पर्चा वितरण गरेकोमा निर्वाचन समितिले आपत्ति प्रकट गरेको छ ।
मुलुकको संविधान , ऐन तथा नियम विपरित काम गरेको भनेर चौतर्फी विरोध र आलोचना पछि सत्ता छाड्न बाध्य बनेका एमालेका निवर्तमान अध्यक्ष ओलीले सहमतिमा पार्टी अध्यक्ष बन्न गरेको प्रयास विफल भएपछि सुरु भएको निर्वाचनमा पनि आफ्नै पार्टीले बनाएको नियमको उलघंन गरेपछि विरोध सुरु भएको छ ।
नेतृत्वका लागि सुरु भएको निर्वाचनमा आफ्नो प्रस्तावको विरोधमा उभिएका आफ्ना प्रतिष्पर्धा सहितका नेतालाई निर्वाचनमा पराजित गर्न पर्चा बाँडेको सार्वजनिक भएसँगै उनको आलोचना सुरु भएको हो ।
उनकै बहुमत रहेको अनि उनकै अग्रसरतामा बनाइएको पार्टीको निर्वाचन समितिले समेत ओली पक्षले गरेको निर्वाचन आचार संहिता विपरीतका कामको विरोध गरेको छ । एमालेले बनाएको आयोगको अध्यक्ष रहेका उनी निकटकै नेता विजय सुब्बाले नै ओली समुहले मतदान स्थलमा आफ्नो समूह इतरका उमेद्धारलाई भोट नदिन भन्दै बाँडेको पर्चा नियम विपरीत रहेको बताएका हुन् ।
मतदानस्थलमा भोट नहाल भनेर सूची बाँड्नु आचारसंहिता विपरीत काम भएको बताउँदै आयोगका अध्यक्ष सुब्बाले त्यस्तो पर्चा हटाउन प्रहरी तथा स्थानीय प्रशासन नै गुहारेका छन् ।
प्रधानमन्त्री भएको बेला आफू खुसी संविधानको व्याख्या अनि काम गरेर आलोचित भएका ओलीले आफू अनि आफ्नो समुहलाई विजयी गराउन आफ्नै समुहको अग्रसरता अनि नेतृत्वमा बनाएको नियमको धज्जी उडाएपछि दलभित्रै समेत आलोचना सुरु भएको छ ।