बुद्धशान्ति / नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्र को प्रथम अधिवेशनले बुद्धशान्ति गाउँपालिकाको अध्यक्षमा प्रेम नेम्बाङलाई चयन गरेको छ ।
५५ सदस्यीय गाउँ कमिटी रहने समितिको उपाध्यक्षमा मात्रिका पौडेल, बिरेन्द्र घतानी र सुजन खतिवडा, सचिव मा रुद्र भण्डारी कोषाध्यक्षमा दिवा सापकोटा चयन भएका छन् ।
प्रेम नेम्वाङको अध्यक्षतामा भएको कार्यक्रममा पार्टीकी केन्द्रिय सदस्य, प्रदेश नं १ सहइन्चार्ज तथा झापा इन्चार्ज धर्मशीला चापागाईँको प्रमुख आतिथ्यता रहेको थियो ।
स्वागत मात्रिका पौडेलले गरेको कार्यक्रमको सञ्चालन दुर्गा ढुङ्गेलले गरेका थिए । सोही कार्यक्रमका बीच १३ जनाले अन्य पार्टी परित्याग गरी नेकपा माओवादीमा प्रवेश गरेको सचिव रुद्र भण्डारीले जानकारी दिएका छन् ।