झापा / नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत हुने प्रदेश नं १ को अधिवेशनमा झापाका उद्धव थापाले सभापतिमा उमेदवारीमा दिने घोषणा गरेका छन् ।
पार्टी सभापति शेरबहादुर देउवा र कांग्रेस केन्द्रीय सदस्य कृष्णप्रसाद सिटौलाको समूहबाट थापाले उमेदवारीमा दिने तय भएको हो । उनले प्रदेशमा चुनावी अभियानसमेत शुरु गरिसकेका छन् ।
नेपाली कांग्रेसलाई बदलिँदो परिवेशमा अझ सशक्त बनाउन अनि लोकतान्त्रिक मूल्य मान्यतालाई दर्बिलो पार्ने अभियानलाई जोड दिन आफूले उमेदवारीमा दिन लागेको थापाले बताएका छन् ।
प्रदेशमा कांग्रेसको भूमिका अझ स्पष्ट रुपमा अघि बढाउन र लोकतान्त्रिक शक्तिबीच सन्तुलन कायम गरी संघीय गणतन्त्र संस्थागत गर्न आफूले अझ भूमिका निर्वाह गर्ने थापा बताउँछन् । कांग्रेस प्रदेश १ को चुनाव यही शनिबार प्रदेश राजधानी विराटनगरमा हुँदैछ ।