सुर्खेत / कर्णाली प्रदेश सभाको नवौँ अधिवेशन अन्त्य भएको छ ।

मुख्यमन्त्री जीवनबहादुर शाहीले विश्वासको मत लिने प्रयोजनका लागि मंसिर १४ गते आव्हान गरे पछि अधिवेशन अन्त्य भएको हो । 

प्रदेश सरकारको सिफारिसमा प्रदेश प्रमुख तिलक परियारले बुधबार राति १२ बजेदेखि लागू हुने गरी अधिवेशन अन्त्य गरेको प्रदेश प्रमुखको कार्यालयले जनाएको छ ।

प्रदेश प्रमुख कार्यालयका निमित्त सचिव भीमराज थानीद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘नेपालको संविधानको धारा १८३ को उपधारा (२) बमोजिम बुधबार राति १२ बजेबाट कर्णाली प्रदेश सभाको चालु नवौँ अधिवेशन अन्त्य गरिएको व्यहोरा जानकारी गराइन्छ ।’

दुईवटा बैठक बसेर अन्त्य गरिएको नवौँ अधिवेशनमा प्रमुख प्रतिपक्षी दल नेकपा एमाले भने सहभागी भएन