काठमाडौँ / राप्रपाको निर्वाचन प्रक्रिया अवरुद्ध भएको छ । जिल्लाले पठाएका भन्दा फरक व्यक्ति प्रतिनिधि बनेर आएपछि अवरुद्ध भएको हो । 

सर्लाहीबाट फरक फरक समूह, ललितपुरबाट तोकिएको भन्दा बढी प्रतिनिधि आएपछि निर्वाचन प्रक्रिया अवरुद्ध भएको निर्वाचन समितिका सदस्य राजु बस्नेतले जानकारी दिए । 

केही जिल्लामा विवाद भएपछि जिल्लाले पठाएको विवरण र महाधिवेशन प्रतिनिधिको विवरण रुजु भइरहेको बताउँदै  बस्नेतले भने, –‘विवाद टुङ्गिएपछि निर्वाचन प्रक्रिया सुरु हुन्छ ।’