काठमाडाैँ / दोस्रो कार्यकालका लागि निर्वाचित भएका नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले आज (शुक्रबार) पदबहाली गर्दैछन् ।
अध्यक्ष ओलीले आज दिउँसो १ बजे माइतीघरस्थित पार्टी केन्द्रीय कार्यालय पुगेर पदभार ग्रहण गर्न लागेका एमाले पार्टी कार्यालय सचिव तथा नवनिर्वाचित केन्द्रीय सदस्य शेरबहादुर तामाङले जानकारी दिए ।
चितवनमा सम्पन्न १० औँ राष्ट्रिय महाधिवेशन मार्फत भीम रावललाई भारी मतान्तरले पराजित गरी ओली दोस्रो कार्यकालका लागि एमाले अध्यक्षमा निर्वाचित भएका थिए ।
एमालेले नवनिर्वाचित नेताहरूको कार्य विभाजन, स्थायी र पोलिट ब्युरो कमिटी गठनलगायतका काम टुङ्ग्याउन मंसिर २४ र २५ गते केन्द्रीय समितिको बैठक आह्वान गरेको छ ।