काठमाडौँ / राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को उपाध्यक्षमा विक्रम पाण्डे विजयी हुने पक्का भएको छ ।
राप्रपाको नयाँ नेतृत्व चयनका लागि हुन लागेको निर्वाचनमा वर्तमान अध्यक्ष कमल थाप र पूर्वमहामन्त्री राजेन्द्र लिङ्देन प्यानलसहित मैदानमा उत्रिएका छन् । दुवै प्यानबाट पाण्डे उपाध्यक्षमा साझा उम्मेद्वार बनेपछि उनी विजयी हुने पक्का भएको हो ।
थापा प्यानलबाट बुद्धिमान तामाङ, विक्रम पाण्डे, ध्रुवबहादुर प्रधान उपाध्यक्षको उम्मेदवार रहेका छन् भने महिला उपाध्यक्षमा रोशन कार्की उम्मेदवार रहेकी छन् ।
त्यस्तै लिङ्देन प्यानलबाट उपाध्यक्षमा बिक्रम पाण्डे, दिलविकास राजभण्डारी, रामचन्द्र राय र लीला श्रेष्ठ उम्मेदवार रहेका छन् ।
महामन्त्रीमा डा. धवल शमशेर राणा, कुन्ती कुमारी शाही, भास्कर भद्रा, भुवन पाठक, श्याम तिमल्सिना र रेखा थापाको उम्मेदवारी परेको छ ।
यस्तै १४१ केन्द्रीय सदस्य पदका लागि २६४ जनाको उम्मेदवारी परेको वरिष्ठ अधिवक्ता तथा निर्वाचन समितिका सदस्य राजु बस्नेतले जानकारी दिए ।