लिम्पियाधुरा  / नेकपा माओवादी केन्द्रले लिपुलेख, कालापानी र लिम्पियाधुरा क्षेत्र अन्तर्गत पर्ने व्यास गाउँपालिकामा पालिका सम्मेलन गरेको छ । 

भारतले अतिक्रमण गरेको भूमि लिपुलेक, कालापानी र लिम्पियाधुरा क्षेत्र नेपालको नक्सामा समेटिए पनि कुनै राजनीतिक दलहरूले त्यो क्षेत्रमा गएर वडा अधिवेशन गर्न सकका थिएनन् । 

तर, नेकपा (माओवादी केन्द्र)ले भने कालापानी, लिपुलेख र लिम्पियाधुरा क्षेत्र अन्तर्गत पर्ने व्यास गाउँपालिकामा पुगेर भव्यताका साथ पहिलो पटक पालिका सम्मेलन गरेको हो । 

भारतले अतिक्रमण गरेको जग्गा कालापानी, लिपुलेख र लिम्पियाधुरा क्षेत्रलाई नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारमा भएका बेला नक्सामा समेटेका थिए । तर, एमालेले पार्टीको दशौँ महाधिवेशनमा भने उक्त क्षेत्रलाई समेटन सकेन । 

पहिलो पटक उक्त क्षेत्रमा पुगेर माओवादी केन्द्रले नेता धनसिंह कुवरको नेतृत्वमा पालीका स्तरीय ५५ सदस्यीय समिति गठन गरेको छ ।   

सम्मेलनमा माओवादी केन्द्रका सुदूरपश्चिमका सह–इन्चार्ज लक्ष्मणदत्त जोशी, सुदूरपश्चिम सरकारका उद्योग, पर्यटन तथा वातावरणमन्त्री मानबहादुर धामी, दार्चुला जिल्ला मार्मा गाउँपालिका अध्यक्ष जमन सिंह धामी लगायत स्थानीय नेताहरू सहभागी भएका थिए। 

यसअघि यो क्षेत्रमा कुनै पनि राजनैतिक दलहरूले सम्मेलन गरेका छैनन्।