मोरङ / नेपाली कांग्रेस प्रदेश १ को नयाँ नेतृत्व चयनका लागि मतदान सुरु भएको छ ।
आज (शनिबार) बिहानैदेखि सुरु हुने मतदानमा मतपत्रमा प्रदेश सदस्यका उम्मेदवारको नाम छुटेपछि स्थगित गरिएको अधिवेशन पुनः शुरु भएको हो ।
मतदाताहरू मतदानका लागि लाइन बसिसकेको अवस्थामा मतपत्र खोल्दा नाम छुटेको पाइएपछि मतदान स्थगित भएको थियो । नयाँ मतपत्र छापेर ल्याएपछि मतदान सुरु भएको हो ।
संस्थापनबाट झापाका पूर्वपार्टी सभापति उद्धव थापा र इतरबाट केन्द्रीय सदस्य गुरुराज घिमिरेको प्यानलै मैदानमा उत्रिएका छन् । प्यानलका कारण प्रतिनिधिहरु गुटगत रुपमा विभाजित बनेका छन् ।
निर्वाचन कार्यतालिका अनुसार बिहान ८ बजेदेखि तोकिएको थियो । तर मतपत्रमा तीन जनाको नाम छुटेपछि पाँच घण्टा पछि मतदान शुरु भएको हो ।