काठमाण्डौ// नेकपा माओवादी केन्द्रको महासचिव सहितका पदाधिकारी चयन कार्य रोकिएको छ ।
नेता वर्षमान पुनको सन्देशका कारण पदाधिकारी चयन कार्य रोकिएको हो।
पहिलो केन्द्रीय कमिटी बैठक बस्नुअघि पुनले चीनबाट अध्यक्ष प्रचण्डलाई आफू मंगलबार अस्पतालबाट डिस्चार्ज हुने बताउँदै पदाधिकारी चयनमा हतार नगर्न सन्देश पठाएका थिए ।
उनि २२/२३ पुसतिर काठमाडौं आउने माओवादीका एक केन्द्रीय सदस्यले जानकारी गराएका छन् । त्यही सन्देशका आधारमा प्रचण्डले २५ पुसका लागि केन्द्रीय कमिटी बैठक बोलाएका छन्।
पुस २५ भन्दा पहिला स्थायी कमिटी, पोलिटब्युरो, मनोनित केन्द्रीय सदस्य र पदाधिकारीसम्मका लागि माओवादीले छलफल र अनौपचारिक सहमति जुटाउने तयारी पनि गरेको छ ।
प्रचण्डसहित माओवादीका नेताहरूले पुनले महासचिवका लागि दाबी गरेका कारण उनको अनुपस्थितिमा महासचिवमा सहमति वा निर्वाचन गर्न नहुने बताइरहेका थिए ।
मनोवैज्ञानिक र स्वास्थ्य संवेदनशीलतालाई पनि ख्याल नगरेको ठहरिने भएकोले माओवादीले महासचिवको चुनाव भने पुन आएपछि मात्रै गर्न खोजेको नेताहरूको भनाइ छ ।






































