झापा / नेकपा एमालेका रोल्पा जिल्ला कमिटी सचिव निम प्रसाद रोकाको बुधबार हृदयघातबाट निधन भएको छ ।
एमालेले पार्टीको फेसबुक पेजमार्फत जानकारी दिँदै भनेको छ, हाम्रो पार्टीका रोल्पा जिल्ला कमिटीका सचिव कमरेड निम प्रसाद रोकाको ०७८ पुस २१ गते ४७ वर्षको उमेरमा हृदयघातबाट असामयिक निधन भएकोमा पार्टी स्तब्ध भएको छ, ‘कमरेड रोकाको निधनबाट हाम्रो पार्टीले रोल्पामा एक जिम्मेवार नेता गुमाएको छ । दुखको यस घडीमा दिवंगत कमरेड रोकाप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोकाकुल परिवारजनमा हाम्रो पार्टी समवेदना प्रकट गर्दछ ।’






































