काठमाडौं  / नेकपा एमालेको जिल्ला अधिवेशनहरुबाट सर्वसम्मत नेतृत्व चयन हुने क्रम जारी छ ।

एमाले केन्द्रीय प्रचार विभाग उपप्रमुख विष्णु रिजालका अनुसार अहिलेसम्म ३६ वटा जिल्लामा सर्वसम्मत जिल्ला कमिटीको नेतृत्व चयन भइसकेको छ । दुई विशेष जिल्लामा पनि सर्वसम्मत नेतृत्व चयन भएको रिजालले जानकारी दिए ।

एमाले अध्यक्ष केपी शर्मा ओलीले पुस २३ गते ६३ जिल्लाको जिल्ला अधिवेशन भर्चुअल रुपमा उद्घाटन गरेका थिए । अधिवेशन उद्घाटन भएका जिल्लाको जिल्ला अधिवेशनबाट सर्वसम्मत नेतृत्व चयनको प्रक्रिया जारी रहेको एमालेले जनाएको छ । 

सर्वसम्मत हुन नसकेका ठाउँमा चुनाव पनि भएको छ । कपिलवस्तु, सिन्धुली लगायत जिल्लामा चुनाव भएको छ ।

बाँकी जिल्लाको अधिवेशन पनि चाँडै नै सक्ने एमालेको तयारी छ । मौसम र विशेष कारणवश १४ जिल्लाको अधिवेशन पुस २३ गते नै उद्घाटन हुन सकेको थिएन ।

यी हुन अहिलेसम्म निर्वाचित अध्यक्षहरू ः

१. झापा (दीपक कार्की)

२. पाल्पा (धनेन्द्रराज घिमिरे)

३. दाङ (हुकुमबहादुर बस्नेत)

४. डोल्पा (शेरबहादुर बुढा)

५. सल्यान (गोविन्द पुन)

६. बर्दिया (लालबहादुर श्रेष्ठ)

७. बाँके (किस्मतकुमार कक्षपति)

८. धादिङ (भूमि त्रिपाठी)

९. अर्घाखाँची (पीताम्बर भुसाल)

१०. मोरङ (ऋषिकेश पोखरेल)

११. काभ्रे (अशोक ब्याञ्जु)

१२. भक्तपुर (बचन देउजा)

१३. गुल्मी (बालसिंह काउछा)

१४. खोटाङ (रामप्रसाद दंगाल)

१५. सप्तरी (ताराकान्त चौधरी)

१६. तनहुँ (श्रीप्रसाद श्रेष्ठ)

१७. धनकुटा (इन्द्रमणि पराजुली)

१८. रसुवा (कर्णेल लामा)

१९. नवलपरासी (पश्चिम) (दीपेन्द्र अधिकारी)

२०. कपिलवस्तु (डम्बर शर्मा)

२१. नुवाकोट (बद्रीप्रसाद मैनाली)

२२. तेह्रथुम (तेजमान कन्दङ्वा)

२३. रूपन्देही (तेजेन्द्र केसी)

२४. लमजुङ (कृष्णप्रसाद अधिकारी)

२५. पाँचथर (राजकुमार भण्डारी)

२६. रामेछाप (आनन्द श्रेष्ठ)

२७. गोरखा (प्रेमबहादुर गुरुङ)

२८. मकवानपुर (एकलाल श्रेष्ठ)

२९. डडेल्धुरा (प्रकाश सावँद)

३०. भोजपुर (शरण राई)

३१. बैतडी (सुरेन्द्र पाल)

३२. म्याग्दी (देवेन्द्र केसी)

३३. जुम्ला (शान्तिलाल महत)

३३. काठमाडौं (दीपक निरौला)

३४. ललितपुर (पुरुषोत्तम आचार्य)

३५. सिन्धुली (कुमारबहादुर कार्की)

३६. इलाम (महेश बस्नेत)

विशेष जिल्ला कमिटी

१. मजदुर विशेष (जितेन्द्र श्रेष्ठ)

२. पेशागत विशेष (उमेश ढकाल)