झापा / बेँसीसहर नगरपालिकाले दुई सय किसानलाई हातेट्याक्टर वितरण गरेको छ ।
कृषिमा यान्त्रिकरण गरी लागत घटाउने र उत्पादन बढाउने उद्देश्यले ५० प्रतिशत अनुदानमा हाते ट्याक्टर वितरण गरिएको मेयर गुमानसिंह अर्यालले बताए ।
वैदेशिक रोजगारी पश्चात गाउँ फर्किएका युवालाई गाउँमै स्वरोजगार बनाउने र जनशक्तिको अभावमा गाउँमा बाँझो रहेका जग्गालाई पुनश्चः प्रयोगमा ल्याउन हातेट्याक्टर प्रभावकारी हुने अर्यालले बताए ।




































