काठमाडौं / प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले एमसीसीका विषयमा दूर्भाग्यपूर्ण अभिव्यक्ति दिएकोप्रति आपत्ति जनाएका छन्। उनले जनतालाई अलमल्याउने गरी एमसीसीका विषयमा झिल्केमिल्के कुरा गरेर देशलाई गम्भीर नोक्सान पुर्याउने काममा माओवादी अध्यक्ष प्रचण्ड लागि परेको बताएका हुन् ।
शनिबार काठमाडौं महानगरपालिका (४ मा निर्माण गरिएको धुम्बाराही पार्कको उद्घाटन गर्दै पोखरेलले यस्तो बताएका छन् । विदेशीसँग एउटा कुरा, कार्यकर्तासँग अर्को कुरा र जनतासँग बेग्लै कुरा गरेर फट्याई गरिरहेको आरोप समेत उनले लगाएका हुन् । उनले राजनीतिक पार्टीका नेताहरुले देश र जनताको हितविपरीत हुने यस्ता खालका गतिविधिले समाजमा झनै विकृती बढनेतर्फ समेत सचेत गराएका छन्।
उनले जनताकोबीचमा फट्याई कुरा गर्ने नेताहरुलाई चिनेर सचेत गराउन पनि सबैलाई आग्रह गर्नुभएको छ । राजनीतिक पार्टीका मानिसले जनताको निगरानीमा बसिराख्यो भने भूलचुक हुन पनि कमी हुने उपाध्यक्ष ईश्वर पोखरेलको तर्क रहेको छ ।






































