काठमाडौं /  नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आसन्न स्थानीय तहको चुनावमा आफूहरूले ७० प्रतिशत सिट जित्ने बताएका छन् । 

अखिल नेपाल महिला संघ (अनेमसंघ) को पूर्ण बैठकलाई मंगलबार सम्बोधन गर्दै अध्यक्ष ओलीले स्थानीय तहको चुनावमा एमालेले ७० प्रतिशत सिट जित्ने बताएका हुन् । 

एमालेले कसैसँग तालमेल र तिकडम नगर्ने बताउँदै अध्यक्ष ओलीले भने, ‘हामी हिँड्न सक्छौँ, हामी लड्न सक्छौँ,  स्थानीय तहको निर्वाचनमा हामी ६० देखि ७० प्रतिशत सिट एक्लै जित्न सक्छौँ ।’

तथाकथित बुद्धिजीवीहरूले कम्युनिष्ट नमिले एमाले सिद्धिन्छ भन्ने ढंगले निराश बनाए पनि एमाले एक्लै जित्न सक्षम रहेको उनको भनाइ छ ।