बिर्तामोड / नेकपा माओवादी केन्द्र निकट नेपाल राष्ट्रिय कर्मचारी सङ्गठनले आगामी बैशाख ३ गते झापामा जिल्ला अधिवेशन गर्ने निर्णय गरेको छ ।
संगठनको दोमुखा पर्यटकीय क्षेत्रमा सङ्गठनका झापा अध्यक्ष यदु नन्दन दाहालको अध्यक्षतामा बसेको बैठकले बिर्तामोड स्थित गौरीशंकर स्मृति प्रतिष्ठानमा जिल्ला अधिवेशन गर्ने निर्णय गरेको हो।
नयाँ नेतृत्व चयन गर्न बसेको संगठनको बैठकमा पार्टीका झापा जिल्ला सह – इन्चार्ज राजु चुडाल , सङ्गठनका केन्द्रिय सचिवालय सदस्य रेवती ढुंगाना, प्रदेश अध्यक्ष रुद्र सुवेदी र उपाध्यक्ष तेजबहादुर आचार्य लगायतको उपस्थिति रहेको थियो ।






































