झापा / नेपालमा सुन तस्करहरूले नयाँनयाँ तरिका अपनाएको खबर बाहिरिएको छ।

सुनका विभिन्न गरगहना बनाएर ल्याउने गरेको साउदी, कतार, युएई, मलेसिया लगायतका देशबाट, मलद्वारमा लुकाएर ल्याउने लगायतका विभिन्न हत्खन्डा अपनाएर ल्याउने गरिएको समाचार सुनेकै हो ।

तर अब सुन तस्करले जनावरलाई पनि प्रयोग गर्न थालेको आर्थिक राष्ट्रिय दैनिकमा समाचार आएको छ । उक्त समाचार अनुसार चीनबाट मनाङको नाका हुँदै ल्याइएका खसीलाई सुन खुवाएर ल्याएको पाइएको छ ।

गत माघको दोस्रो सातामा प्रहरीले शङ्काको आधारमा काठमाडौं भित्रँदै गरेका १३ वटा खसी  ल्याउने व्यापारी तथा त्यस क्षेत्रमा कार्यरत भन्सारका केही कर्मचारीलाई समेत अघोषित नियन्त्रणमा लिएर निगरानीमा राख्यो । 

त्यस लगत्तै ती १३ वटा खसीहरु काटेर हेर्दा खसीको पेटमा ३८ देखि ४२ वटा टुक्रा सम्मका झण्डै २८ करोड मूल्यको सुन फेला परेको खबर बाहिरिएको छ ।

तस्करले सुनको डल्लालाई टुक्रा पारेर खोलेजस्तो चिप्लो पदार्थमा मिसाएर खसीलाई खुवाएर ल्याइएको अनुसन्धानबाट  खुलेको छ ।

तस्करहरूले चिनियाँ सीमाबाट सुन नेपाल ल्याँउदा सुनलाई टुक्रा टुक्रा पारेर खसीलाई खुवाएर खसी बेच्ने बहानामा सुन तस्करी गर्दै आएको खुलेको छ।