धरान / सुनसरीको धरान उपमहानगरपालिकाको मेयर पदका लागि २२ जनाको उम्मेदवारी परेको छ ।
सोमबार सकिएको मनोनयन दर्ता अवधिमा मेयरका लागि नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी लगायत १४ राजनीतिक दल एवं ८ स्वतन्त्र गरी २२ जनाले उम्मेदवारी दिएका हुन् ।
धरान उपमहानगरपालिकाको मेयर पदमा नेकपा (एमाले)बाट मञ्जु भण्डारी (सुवेदी), नेपाली कांग्रेसबाट किशोर राई, नेकपा (एकृकीत समाजवादी) बाट रेवतीरमण राई, जसपाबाट ताजुबकुमार लिम्बु, मौलिक जरोकिलोबाट रेणुका विक, मङ्गोल नेशनल अर्गनाइजेसनबाट दिर्पाकुमारी राई, राष्ट्रिय जनमुक्तिबाट राजेशकुमार राई, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चबाट अम्बरबहादुर लिम्बू र सचेत नेपाली पार्टीबाट सुस्मिता कार्कीले उम्मेदवारी दिएका छन् ।
त्यस्तै राप्रपाबाट नरेशकुमार शाक्य, खम्बुवान राष्ट्रिय मोर्चा नेपालबाट उमेश राई, आमूल परिवर्तन मसिहाबाट लोकेन्द्रबहादुर डंगोल, राप्रपा नेपालबाट पासाङ्ग शेर्पा, लोसपाबाट राजकुमार राईले उपमहानगरको मेयरमा उम्मेद्वारी दिएका छन् ।
स्वतन्त्रबाट सुवर्णशमसेर राई, सूर्यबहादुर न्यौपाने, रत्नबहादुर कटुवाल, टोलकुमारी लुईटेल, संजीव भट्टराई, सञ्जय पाण्डे, श्यामकुमार भुजेल र हर्कराज राईले उम्मेदवारी दिएका छन् ।






































