काठमाडौं । संघीय संसद अन्तर्गत रहेको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको बैठक सोमबार बस्दैछ ।
बैठक आज समितिको सभाकक्ष सिंहदरबारमा बिहान साढे ८ बजे सुरु हुने संघीय संसद सचिवालयले जनाएको छ ।
बैठकमा समितिको वार्षिक प्रतिवेदनमाथि छलफल गर्ने कार्यसूची रहेको छ ।
                    
                                        
                                                                                                
        








        




























