काठमाण्डौ । नेकपा एमालेले आइतबार दिउँसो २ बजे पार्टी केन्द्रीय कार्यालय च्यासलमा बस्ने गरी सचिवालय बैठक बोलाएको छ।
एमालेका अनुसार आज बस्ने सचिवालय बैठकमा आर्थिक वर्ष २०८१०८२ को बजेटबारे छलफल हुनेछ। त्यस्तै पार्टीको सांगठनिक गतिविधि, सरकारको कामको समीक्षा र मूल्यांकन हुने जानकारी दिएको छ।
बैठकमा राजसंस्था समर्थकहरूले १५ गतेदेखि गर्ने भनिएको आन्दोलनबारे पनि छलफल हुने एमालेले जनाएको छ।
                    
                                        
                                                                                                
        








        




























