काठमाडौं— नेकपा माओवादी केन्द्रले भिजिट भिसा प्रकरणमा रहेका गृहमन्त्री रमेश लेखकले राजीनामा नदिएसम्म संसदको अवरोध जारी राख्ने निर्णय गरेको छ । खुमलटारमा बसेको पदाधिकारी बैठकले गृहमन्त्रीले छानबिनका लागि राजीनामा दिनुपर्ने निष्कर्ष निकालेको सचिव लीलामणि पोखरेलले जानकारी दिए ।

हिजो संवैधानिक बाध्यताअनुसार बजेट पेश गर्नको लागि अवरोध नगरेको भएपनि अब चल्न नदिने उनले सुनाए ।

उता ठूला दल (एमाले–कांग्रेस)का शीर्ष नेताहरुले भने गृहमन्त्रीको राजीनामा असम्भव रहेको बताउँदै आएका छन् ।