शोभा श्रेष्ठ खोटाङ जिल्लाको खोटेहाङ गाउँपालिकाकी एक समर्पित र प्रेरणादायी युवाशिक्षिका हुन्। हाल उनी  जनशक्ति प्राथमिक विद्यालय मा नेपाली विषय पढाउँदै आइरहेकी छन।

उनको शैक्षिक योग्यता  स्नातक तह हो। उनले शिक्षा क्षेत्रमा प्रवेश गर्दा सुरुमा धेरैले उनलाई युवायुवतीहरू विदेश जाने सोचमा लागेका बेला किन गाउँमा शिक्षण गर्न मन  लाग्यौ भनेर प्रश्न गरे। तर उनको सोच स्पष्ट थियो । समाज परिवर्तन त त्यहीँबाट सुरु हुन्छ, जहाँ अझै धेरै बालबालिकाले गुणस्तरीय शिक्षा पाएका छैनन्।  सोभा श्रेष्ठ दैनिक १ घण्टा ४५ मिनेट पैदल यात्रा गरेर विद्यालय पुग्छिन्। उकालो ओरालो बाटो वर्षा पानी र अन्य कठिनाइहरूका बीच पनि उनले कहिल्यै गुनासो गर्दिनन्। किनभने उनका लागि शिक्षा केवल जागिर होइन सेवा हो।

उनले प्राय भन्छिन् सानै उमेर देखिनै सिक्षिका बन्ने रहर भयर होला सिक्षण पेसा होइन सेवाको रुपमा हेर्छु उनले भनिन ।  तलबभन्दा महत्वपूर्ण कुरा शिक्षाको सेवा हो।नेपाली विषय पढाउने उनले विशेषगरी बालबालिकाको भाषा, साहित्य, र अभिव्यक्ति विकासमा जोड दिन्छिन्। उनी केवल पाठ्यपुस्तक पढाउने होइन, बालमैत्री वातावरण सिर्जना गर्ने प्रयासमा रहन्छिन्।

शिक्षा मार्फत् ग्रामीण बालबालिकामा आत्मविश्वास, सपना हेर्ने आँखा, र देशप्रेम विकास गराउने उनको लक्ष्य छ। युवावस्थामै शिक्षण पेशामा लागेकी शोभा श्रेष्ठ आज धेरै युवाहरूका लागि प्रेरणाको स्रोत बनेकी छन्। उनीजस्ता शिक्षिकाले नै ग्रामीण भेगमा उज्यालो ल्याइरहेका छन् — जुन उज्यालो सहरमा होइन, गाउँघरको आँगनमा आवश्यक छ। शोभा श्रेष्ठ एक उदाहरण हुन् — जसले देखाइन् कि देश बदल्न राजधानी जानु पर्दैन, इच्छाशक्ति र सेवाभाव भए आफ्नै गाउँबाटै पनि ठूलो परिवर्तन ल्याउन सकिन्छ। २३ वर्षे उमेरमै शिक्षा क्षेत्रमा यस्तो समर्पण देखाउने उनीजस्ता व्यक्तिहरू नै नयाँ नेपालका आधार हुन्।