काडमाडौं— लामो समयदेखि जारी संसदीय गतिरोध अन्त्य गर्ने प्रयासस्वरूप विपक्षी दलहरूबीच नयाँ बानेश्वरस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा छलफल जारी छ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्रमुख प्रतिपक्षी नेपाली कांग्रेससमक्ष प्रस्तुत गरेको पाँच बुँदे प्रस्तावमा साझा धारणा बनाउन बैठक सञ्चालन भइरहेको हो ।

छलफलमा सत्तारूढ गठबन्धनमा आवद्ध नेकपा (माओवादी केन्द्र)का नेता वर्षमान पुन र हितराज पाण्डे, रास्वपाका प्रमुख सचेतक सन्तोष परियार, नेकपा (एकीकृत समाजवादी)का नेता राजेन्द्र पाण्डे र आम जनता पार्टीका अध्यक्ष प्रभु साहलगायत नेताहरू सहभागी छन् ।

माओवादी केन्द्रका नेता वर्षमान पुनका अनुसार छलफल रास्वपाले अघि सारेका प्रस्तावहरूमाथि केन्द्रित छ । भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकको राजीनामा माग्दै पछिल्लो समय प्रतिपक्षले संसद अवरोध गर्दै आएका छन् ।