एसवाई इन्टरटेन्टमेन्ट प्रालि तीनकुने काठमाडौंको आयोजनामा फेस अफ एसवाई २०८२ (व्राण्ड एम्वेसडर हन्ट) सुरु भएको छ ।
आयोजक एसवाई बजार नेपालले विहीबार राजधानीमा पत्रकार सम्मेलन गरी कुल दुई करोड वढी राशी पुरस्कारको व्यवस्था भएको यो नेपालकै पहिलो ठूलो व्राण्ड एम्वेसडर हन्ट भएको दावी गरेको छ ।
पत्रकार सम्मेलनमा आयोजक एसवाई बजार नेपालका निर्देशक विमलराज गोसाईले नेपालकै सवैभन्दा धेरै पुरस्कार पाउने भनिएको मिस नेपालमा २०-२५ लाखको पुरस्कार व्यवस्था भएको तर आफूहरुले गर्न लागेको प्रतियोगितामा कुल मिलाएर दुई करोड बढी रहेको जानकारी गराए ।
पव्लिकले नपत्याउने भएकाले पत्रकार सम्मेलन गरी यसबारे जानकारी गराएको उनको भनाई थियो ।
बजारमा चलेका सेलिब्रेटीलाई नभई देशभरका गाउँंघरमा लुकेर बसेको प्रतिभालाई पहिचान गरी भुइँ मान्छेलाई ब्राण्ड एम्वेसडर बनाउन खोजिएको यो नेपालकै पहिलो पाइला भएको दावी उनले गरे । साथै उनले दुई करोड राशी बराबरको पुरस्कारको व्यवस्था भएको यो नेपालकै पहिलो ठुलो हन्ट भएको पनि दावी गरे ।
कार्यक्रम अन्तर्गत कम्पनीको व्रान्ड एम्वेसडरहरु छनौट गरिने छन् । कार्यक्रमबाट प्रतिस्पर्धामार्फत् कम्पनीका लागि मुख्य तीन जना ब्राण्ड एम्वेसडरहरु छनौट गरिने छन् ।
यस योजना अनुसार महिला पुरुष दुवैले प्रतिस्पर्धामा सहभागी भइ छनौट हुने अवसर पाउन सक्नेछन् ।
कार्यक्रम सुरु भइसकेको जनाइएको छ । कार्यक्रम जनवरी ३१, २०२६ सम्म चल्ने जनाइएको छ । कार्यक्रम चरणबद्ध रुपमा हुनेछ । पहिलो चरण जुन १ बाट सप्टेम्वरको ३० तारिखसम्म चल्नेछ ।
पहिलो चरणमा भाग लिन एसवाई थिममा एउटा भिडियो बनाउनुपर्ने छ ।
पहिलो चरणबाट उत्कृष्ट पाँंच सय जनालाई छनौट गरिनेछ । र साथै हातै खाली नहुने गरी छनौट भएका पाँंच सय जनालाई नै दुई हजार बराबरको एसवाई बजारको सपिंग भौचर प्रदान गरिने जनाइएको छ ।
पहिलो चरणबाट छनौटमा पर्न सफल उत्कृष्ट एक सय ५० जनालाई दोश्रो चरणमा लगिने छ । त्यसमध्येबाट उत्कृष्ट ५० जनालाई १० हजार बराबरको एसवाई बजारको सपिंग भौचर प्रदान गरिने छ ।
दोश्रो चरणबाट छनौट भएका उत्कृष्ट २५ जनालाई फाइनलमा लगिनेछ । फाइनल अडिसन काठमाडौंमा हुनेछ । यो चरण सन् २०२६ जन १ देखि जनवरी ३१ तरिखमा चल्ने छ ।
अन्तिम उत्कृष्ट छनौट भएका २५ जनालाई तालिमसमेत दिइनेछ । साथै परीक्षण पनि बिभिन्न चरणमा हुने छन् । फाइनल स्टेजमा उत्रने २५ जनामध्येबाट टाइटल विनर फेस अफ एसवाई छनोट हुनेछ । त्ससपछि फष्ट रनर अप, सेकेण्ड रनर अप छनौट हुने छन् ।
पत्रकार सम्मलेनमा कार्यक्रम संयोजक विजय वस्नेतले टाइटल विनरलार्ई नगद रु ५ लाख पुरस्कारका साथै एक करोड बराबरको एक वर्षको कन्ट्याक्ट गरिनेछ । यसमा शर्तहरु लागू हुने छन् । साथै करकटी गरी रकम प्रदान गरिने छ ।
प्रतियोगिताबाट उत्कृष्ट फष्ट रनर अपलाई चार लाख नगद पुरस्कार दिइने छ । उनीसँंग ५० लाख बराबरको कन्ट्याक्ट गरिने छ । सेकेण्ड रनर अपलाई तीन लाख नगद पुरस्कारका साथै उनीसँंग ३० लाख बराबरको कन्ट्याक्ट हुनेछ ।
त्यसपछि बाँंकी उत्कृष्ट सात जनालाई पपुल्यारिटी अवार्डमा दिइनेछ र उनीहरुलाई प्रति व्यक्ति डेढडेढ लाख (एक लाख ५० हजार) रकम दिइने छ । यस हिसावले यो प्रतियोगितामा पुरस्कारको कुल खर्च मात्रै दुई करोड वढी जानेछ ।
प्रतियोगितामा सहभागीहरुको मूल्यांकनको आधार फरकफरक हुने छन् । पहिलो चरणको मूल्यांकनको आधार लाइकमा १० प्रतिशत, कमेन्टमा २० प्रतिशत, शेयरमा २० प्रतिशत र क्रियटिभिटीमा ५० प्रतिशत हुने छ । दोश्रो चरणमा पनि लाइक कमेन्ट उही र जुरी (गेष्ट) ले ५० प्रतिशत अंक दिइने छन् । अन्तिम चरणको मूल्यांकनको आधार भने एसएनएस (सोसियल नेटवर्किंग सर्भिस्) बाट ३० प्रतिशत र जजबाट ७० प्रतिशत अंक दिइनेछ ।
पहिलो र दोश्रो चरण भिडियोमार्फत् डिजिटल अडिसन गरिने जनाइएको छ । त्यसपछिको फाइनल चरणमा भने फिजिकल (भोतिक अर्थात् प्रत्यक्ष) उपस्थित अडिसनमाफत् हुनेछ ।
प्रतियोगिामा जुनसुकै उमेर समूहका महिला पुरुषले सहभागिता जनाउन पाउने छन् । सहभागिताका लागि उनीहरुले एसवाई बजार र एसवाई कष्मेटिकको फेसबुक, इन्ष्टाग्राम र टिकटकलाई फलो गर्नुपर्नेछ ।
त्यसपछि सहभागी हुन चाहनेहरुले एसवाई प्यानल, एसवाई बजार वा एसवाई कष्टमेटिकको कुनै पनि कम्पनी झल्किने क्रियटिभ भिडियो कन्टेन्ट बनाउनुपर्ने छ । साथै आफनो कुनै पनि सोसियल मिडिया एकाउन्टमा पोष्ट गर्न सकिनेछ ।
भिडियो पोष्ट गर्दा सहभागीहरुले अनिवार्य रुपमा एसवाई बजार नेपाल र एसवाई कष्मेटिक नेपाललाई उल्लेख गर्नुपर्ने छ र ‘३ँबअभयाकथ’ (ह्यासट्याग फेस अफ एसवाई) प्रयोग गर्नुपर्नेछ । सहभागी हुन चाहनेहरुले पोष्ट गरेको भिडियोको लिंकसहित एसवाई कस्मेटिक र एसवाई बजारको पेजको बायोमा जानुपर्ने छ र त्यसमा गई गुगल फारम भरी निर्देशन अनुसार रजिष्टर गर्नुपर्नेछ ।
आयोजक एसवाई ग्रुप अफ कम्पनी दक्षिण कोरियामा आधारित मल्टिनेशनल कम्पनी हो । यस कम्पनी अन्तर्गग एसवाई प्यानल नेपाल, एसवाई बजार, एसवाई इन्टरप्राइजेज्लगायतका कम्पनीहरु नेपालमा रहेका छन् ।